आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसद्बाट पारित

काठमाडौं । प्रतिनिधिसभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले ) को अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ‘आर्थिक विधेयक २०७८ लाई पारित गरियोस र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस भन्ने दुवै प्रस्तावलाई बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गरे ।

बिहीबारको बैठकमा पनि एमालेले संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, गैर सांसदलाई प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर लगायतका नाराबाजीसहित संसद् अवरोधलाई कायम राखेको हो। प्रतिनिधिसभाको आगामी बैठक असोज ११ गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ।






