घुँयत्रो

प्रकाश सपूतको यौटा चर्चित गीत छनि कुरो बुझ्नु पर्छू । त्यस्तै यौटा कुरा बुझ्नु पर्ने प्रसंगको कुरा गर्न मन लाएर मैले आज कलम चलाउने विचार गरें हैत १ केही दिनदेखि सामाजिक सन्जालाँ र सन्चार माध्यमहरुमा प्रदेश अस्पतालले ब्लडबैंक सन्चालनका लागि जग्गा उपलब्ध नगराउँदा बैंकनि अप्ठ्याराँ परेको र रक्तदातालेनि दुख्ख पाको कुरा आयो ।यद्यपी प्रदेश अस्पतालको पुरानो भबनमा ब्लडबैंक सन्चालन भएकै थियो र अस्पतालले ब्लड बैंकका निम्ति कोठा दिएकै थियो ।
ऐले अस्पतालले नयाँ भबन बनायो त्यै ठाउँमा रेडक्रसले चाहेको ठाउँमा र चाहेको जति जग्गा पाउनु पर्ने र त्यै अनुसार बैंक स्थापना गर्नु पर्छ भन्ने सोच रेडक्रसका नेताहरुले बनाको जस्तो देखियो । सुर्खेतमा राम्रोसित ब्लड बैंक सन्चालन हुनु पर्छ भन्ने माग आजसम्म सबैभन्दा बढि रक्तदान गर्ने ब्यक्तिहरुको हुनु अत्यन्त राम्रो कुरा हो भने विरामीलाई आबस्यक्ता पर्दा कुनै पनि बेला रगत उपलब्ध गराउनु पाए हुन्थ्यो भन्ने सोच बैंक सन्चालकहरुको हुनु स्वभाविक हो ।

पेशागतरुपमा पत्रकारहरुको जिम्मेवारी समाजमा उठेका कुराहरुलाई उठाएर वास्तविकता के हो भनेर जानकारी दिने पनि हो । यहि क्रममा ५ असोजका दिन सिंगो प्रदेश अस्पतालहरुसित बस्ने अबसर पत्रकारहरुलाई मिल्यो र ब्लडबैंक स्थापनाका कुरा सिंगो अस्पतालसमक्ष पत्रकारहरुले राखे ।

अस्पताल प्रशासनले पत्रकारवीच राखेको कुराले अस्पतालले ब्लडबैंकलाई जग्गा नदिने भन्ने कुरा अस्पताल प्रशासन र निर्देशक डा। डम्बर खड्काबाट आएन । बरु निर्देशकले ब्लडबैंक,तपाइँहरुले यथास्थानमै राख्नु हुन्छ भनेनि साइडका कोठाहरु दिन्छौँ हैन अस्पतालको नयाँ भबन नजिक जाने भए पनि ठाउँ हेरेर उपलब्ध गराउँछौ ।

विरामीको सेवा र आबस्यकताका लागि अस्पताल ठाउँ दिन तयार छ  भन्ने कुरा आँफूले गरेको तर ब्लड बैंक सन्चालकहरुले अस्पतालको मुख्य गेटमा ठाउँ दिनु पर्ने र त्यहाँ रेडक्रसले सटर सहितका कोठा बनाउने त्यसलाई भाडामा दिने अनि बैंक चलाउने कुरा गरेपछि अस्पतालको मुख्यद्वारमा अस्पतालकै निम्ति त भौतिक संरचना नबनाइएको अबस्थामा मुख्य द्वारमै जग्गा दिन नसकिने बरु अन्यत्र पाएक पर्ने ठाउँमा जग्गादिन सक्छौँ भनेर सम्बन्धित संस्थाका पदाधिकारीहरुलाई जवाफ दिईएको बताउँदै निर्देशक खड्काले अस्पतालले ब्लडबैंकलाई जग्गा नदिएको भन्ने समाचार किन आए यसमा आँफैलाई दुख्खलागेको निर्देशक डम्बर खड्काले बताए ।

उनले आज प्रत्यक्ष रुपमा पत्रकारहरुले नै कुरा उठाई दिएकोमा वास्तबिकता पत्रकार सामू राख्न पाएको भन्दै उनले आँफुबरु ब्लडबैंक स्थापना गर्न रकम जुटाउन सहयोग गर्नपनि तत्पर रहेको बताएछि लाग्यो अस्पतालले ब्लडबैंकलाई ठाउँ नदिने भन्ने कुरा पूरै भ्रम र कपोल कल्पित रहेछ ।

त्यसैले रेडक्रसका नेताजीहरु पत्रकारहरुमाझ भ्रम सृजना गरेर अस्पतालले ब्लडबैंक स्थापना गर्न जग्गा दिएन भन्ने भ्रमित समाचार काँट आयो अब त्यसलाई चिर्न तपाईँहरुनै लाग्नोस र अस्पताल निर्देशकले सार्वजनिक कार्यक्रममा पत्रकारहरूलाई नै साक्षि राखेर ब्लडबैकका लागि यथास्थानमै वा पाएक पर्ने अन्य ठाउ ( मुलद्वारमा हैन ) मा जग्गा दिन तयारछु भनेर वचन दिनु भएकाले सरोकारवाला निकायका पदाधिकारीज्युहरु बरु अब भबन बनाउने र बैंक सन्चालनका लागि चाहिने सामग्री जुटाउनेतिर लाग्नोस ।

अब कुराहैन काम गर्ने र कर्नालीका विरामीलाई सेवादिने बेला आएकोछ । ५ असोजमा अस्पताल प्रशासन र पत्रकारवीच धेरै कुरा भएकाछन त्यसमा सबैले सकारात्मक सोच राखेर हाम्रो उद्देश्य विरामीलाई सेवा दिने हो भन्ने निश्वार्थभाबका साथ काम गर्यौँ भने कर्नाली अस्पताललाई सबै सुविधासम्पन्न अस्पताल बनाउन सक्छौँ । अस्पताल सेवामा रहेका करिब ४ सय जनाको उत्साह र जाँगर अनि निर्देशक खड्काको नेतृत्व र आँटलाई हेर्दा र यो ३ बर्षकोबालक प्रदेश अस्पतालमा देख्खिने र थाहा पाउने गरि भएको विकासलाई हेर्दा यो नेतृत्वले केही गरेर देखाउन सक्छ भन्ने कुरा अस्पताल भित्र पुगेर नियाल्दा थाहा हुन्छ ।

त्यसैले भन्न सकिन्छ देश संघीयतामा गए पछि कर्नालीमा देख्खिनेगरि केही प्रगति ,परिवर्तन र विकास भएको छभने प्रदेश अस्पतालकोनै भएकोछ । वास्तविकतालाई स्वीकार्न अप्ठेरो मान्नु पर्दैन । त्यसैले कुरा दोहोरै सुन्नु पर्छ र कुरा बुझ्नु र बुझाउनु पर्छ कि कसो ।

आँगनमै विशेषज्ञ सेवा

घुँयत्रो

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक

Leave a comment

Your email address will not be published. Required fields are marked *