आज सेयर बजारमा सामान्य सुधार

(आज) विहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज २ अंकको वृद्धिसँगै नेप्से परिसूचक २८ सय १९ अंकमा पुगेको छ । यसक्रममा आज नेप्सेमा १ करोड ५७ लाख कित्ता सेयर किनबेच भई ७ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंक र वित्त समूहले धान्दा बजारमा सामान्य सुधार आएको हो ।

बैंक समूह ४७ अंकले र वित्त समूह ८२ अंकले बढ्नु बाहेक अन्य कुनै पनि समूहमा सुधार आएन । आज होटल एण्ड टुरिजम समूहमा सबैभन्दा धेरै ९७ अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ९२ अंक, विकास बैंक समूहमा ८० अंक, जीवन बीमा ५१ र लघुवित्त समूहमा ४६ अंकको गिरावट आएको छ ।

कारोबारमा आएका १३ मध्ये २ समूहबाहेक सबै समूह घट्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतको वृद्धिसँगै आज कम्पनीका सेयरधनीले प्रतिकित्ता ११९ रुपैयाँ हात पारेका छन् ।

आज सेयर बजारमा सामान्य सुधार

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक

आज सेयर बजारमा सामान्य सुधार

वन्यजन्तु संरक्षणमा स्थानीय निकायका चुनौती र अवसर

Leave a comment

Your email address will not be published. Required fields are marked *