मानुषीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस नतिजा

काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

यसमा गोलाप्रथामार्फत् कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पारेका छन्। जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन्।

मानुषीको आईपीओमा कुल २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ। रितपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। ​

मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ।

मानुषीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस नतिजा

इजरायल परीक्षा भदौ अन्तिममा गर्ने विभागकाे तयारी

मानुषीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस नतिजा

सिंजा र तिलाको बढी बेरुजु

Leave a comment

Your email address will not be published. Required fields are marked *