प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलाको सूचना भए बारलाई उपलब्ध गराउनुस् : अध्यक्ष श्रेष्ठ

काठमाण्डौ : नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीलाई आग्रह गर्नुभएको छ ।

आज सोमवार पनि सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानुन व्यवसायी र सेवाग्राहीलाई आग्रह गर्नुभएको हो ।

उहाँले प्रधानन्यायाधीश जबराले गरेका फैसलाहरूले विकृति, विसङ्गति,भ्रष्टाचार भइरहेको र बिचौलिया बढिरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायाधीशले गरेका फैसलाको अध्ययन र सङ्कलन गरिरहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर नागरिकको बीचमा पेस गरिने बताउनुभयो ।

उहाँले न्यायालयमा विकृति, विसङ्गित भइरहेको भन्दै कानुन व्यवसायीहरूले आन्दोलन थालेको दुई हप्ता भइसक्दा समेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले राज्यको महत्त्वपूर्ण अङ्गमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘दलहरू अझै पनि कानमा तेल र मुखमा बुझो लगाएर बसिरहेका छन् । के न्यायपालिका राज्यको अङ्ग होइन रु राज्यको एउटा महत्त्वपूर्ण अङ्गमा यो अवस्था आउँदा चुप लागेर बस्ने हो रु प्रधानन्यायाधीशले फैसला लिएर फैसला गरेको सूचना भने बारमा दिन विनम्र अनुरोध गर्दछु । ’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले धनाढ्यहरूको मुद्दामा मात्रै काम गरिरहेको तर १५र१६ वर्षअघिका मुद्दा नहेरेको दाबीसमेत गर्नुभयो ।

प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलाको सूचना भए बारलाई उपलब्ध गराउनुस् : अध्यक्ष श्रेष्ठ

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छ

प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलाको सूचना भए बारलाई उपलब्ध गराउनुस् : अध्यक्ष श्रेष्ठ

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा ५ जनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *