काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

एजेन्सी : अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी संगठन आइएसले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।

अमेरिकाले एक सुरक्षा अलर्ट जारी गर्दै अमेरिकी नागरिकलाई काबुल विमानस्थलमा खतार रहेको बताएको हो। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकलाई धमाधम ओसारी रहेको छ।

उद्धारको काम नसकिँदै आइएसले विमानस्थलमा आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले उद्धारको वैकल्पिक मार्ग खोजी भइरहेको समेत बताएको छ। काबुल विमानस्थलमा आइएसको आक्रमणबारे अमेरिकाले थप जानकारी दिएको छैन।

साथै आइएसलेसमेत विमानस्थलमा आक्रमणको कुनै चेतावनी दिएको छैन । विमानस्थलको टर्मिनल बाहिर लगातार भइरहेको भीड, प्रदर्शन र नाराबाजीका बीच अमेरिकाले यस्तो चेतावनी दिएको हो।

तालिबानले एक हप्ताअघि अफगानिस्तान कब्जामा लिएपछि हालसम्म विमानस्थलबाट १७ हजार मानिस बाहिरिएका छन्। हाल काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।

काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

तालिबानले हेप्यो : अमेरिका

काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

मेक्सिकोमा शक्तिशाली आँधी, ८ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *