तालिबानले हेप्यो : अमेरिका

एजेन्सी । तालिवान समूहले काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि सञ्चारमाध्यम र त्यहाँ कार्यरत जनशक्तिलाई हतोत्साही गर्ने काम गरेको भन्दै अमेरिकी सरकारले तालिबान अधिकारीसँग चासो व्यक्त गरेको छ।

तालिवानले प्रेससहित सबै तहमा दुर्व्यवहार र हतोत्साही बनाएको रिपोर्टहरूको सङ्ख्या बढ्दो रहेको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले सञ्चारकर्मीसँगको कुराकानीमा उल्लेख गरे।

यस सम्बन्धभमा गरिएको प्रश्नमा प्राइसले भने, ‘हामी उनीहरूसँग हाम्रा मध्यस्थकर्तामार्फत् सबै स्तरमा छलफल अघि बढाउँदैछौँ।’

यसअघि, रक्षा मन्त्री लोइड अस्टिनले अमेरिकी सञ्चार प्रतिनिधिहरूसँगको कुराकानीमा अमेरिकाको तालिवानसँग अझै पनि धेरै असमझदारीहरू रहेका बताएका थिए।

राष्ट्रपति जो बाइडेनको तालिवानले अमेरिकी नागरिकलाई विमानस्थलमा कुनै बाधा सिर्जना नगरेको भन्ने भनाइप्रति लक्षित गर्दै रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले तालिवानले अमेरिकी नागरिकलाई दुर्व्यवहार गरिएको भन्ने खबरहरू आफूले सुनेको बताउँदै अमेरिकी सेना उक्त रिपोर्टलाई गम्भीर ढङ्गले लिने बताएका छन्‌।

तालिबानले हेप्यो : अमेरिका

बार्सिलोना बराबरीमा रोकियो

तालिबानले हेप्यो : अमेरिका

काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

Leave a comment

Your email address will not be published. Required fields are marked *