बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी : स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना एथलेटिक क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हाफ बिना कुनै गोल बराबरी सकिएको खेलमा खेलको ५०औ मिनेटमा एथलेटिको क्लबका इनीगो मार्टिनेजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७५औ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए।

यस खेलमा खेलको ९३औ मिनेटमा बार्सिलोनाका एरिक ग्रासियाले रातो कार्ड पाएका थिए।

यो बराबरीपछि बार्सिलोनाको २ खेलमा एक जित र एक बराबरीसहित ४ अंक भएको छ। त्यस्तै एथलेटिक क्लबले भने दुवै खेल बराबरी खेलेर २ अंक जोडेको छ।

बार्सिलोना बराबरीमा रोकियो

नर्विच सिटीमाथि म्यानचेस्टर सिटीको शानदार जित

बार्सिलोना बराबरीमा रोकियो

तालिबानले हेप्यो : अमेरिका

Leave a comment

Your email address will not be published. Required fields are marked *