नर्विच सिटीमाथि म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी : इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नर्विच सिटीमाथि फराकिलो जित हासिल गरेको छ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नर्विचलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
म्यानचेस्टर सिटीको जितमा जयाक ग्रेलिश, आइमेरिक लापोर्टे, रहीम स्टरलिंग र रियाद महरेजले एक एक गोल गरेका थिए भने नर्विचका टिम क्रुलले एक गोल आत्मघाती गोल गरेका थिए।
यस सिजनको पहिलो खेलमा हार बेहोरेको म्यानचेस्टर सिटीले दोस्रो खेलमा फराकिलो जित हासिल गरेको हो। पहिलो खेलमा सिटी टोटनह्यामसँग १(० गोल अन्तरले पराजित भएको थियो।
गएराति नै भएको अर्को खेलमा लिभरपुलले बर्नलीलाई २-० ले हरायो। यस्तै एस्टन भिल्लाले न्यूक्यासललाई र ब्राइटनले वार्टफोर्डलाई समान २-० ले नै पराजित गरे।






