कोपा अमेरिका : उरुग्वे र चिली बराबरीमा रोकिए

एजेन्सी । कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले बराबरी खेलेका छन् । आज विहान भएको खेलमा चिली र उरुग्वेले एक एक गोलको बराबरी खेलेका हुन् । समूह एमा रहेका दुई टोलीले एक एकको बरारीमा रोकिएका हुन् ।
चिलीका लागि खेलको २६ औँ मिनेटमा इडुड्रो भड्रासले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शून्यले अग्रता लिएको चिलीले दोस्रो हाफको ६६औँ मिनेटमा अटुरो भिडालले आत्मघाती गर्दै उरुग्वेलाई बराबरी ल्याउने अवसर दियो। त्यसपछि दुवै पक्षबाट कुनै गोल हुन सकेन ।
समूह ए मा रहेको चिलीको ३ खेलबाट पाँच अंक भएको छ। भने उरुग्वेको तीन खेलबाट एक अंक छ । प्रतियोगिता अन्तरगत अहिले अर्जेन्टिना र पाराग्वेबीचको खेल जारी छ। पहिलो हाफ सकिँदा अर्जेन्टिना एक शून्यले अगाडि रहेको छ ।






