युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक नकआउट चरणमा प्रवेश

एजेन्सी । अष्ट्रिया समूह उपविजेता बन्दै युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे ।

खेलको २१ औं मिनेटमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन् । यस जितसँगै समूह ‘सी’ मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो। र, समूहको उपविजेता बन्यो। अष्ट्रिया पहिलो पटक युरो कपको नकआउट चरणमा प्रवेश गरेको हो ।

अब अष्ट्रियाले अन्तिम १६ मा इटालीसँग खेल्नेछ। पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको अष्ट्रिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो। युक्रेन भने समूहको तेस्रो स्थानमा रह्यो। युक्रेनले ३ खेलमा ३ अंक जोडेको छ ।

युक्रेनको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ। जसको लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ।

पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ ले पराजित भएको थियो। दोस्रो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ ले हराएको थियो।

युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक नकआउट चरणमा प्रवेश

कार्टुन

युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक नकआउट चरणमा प्रवेश

शतप्रतिशत जित निकाल्दै नेदरल्यान्ड्स नकआउट चरणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *