शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान

सुर्खेत ।  शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ ।

निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ ।

इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए ।

निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ ।

उक्त निशुल्क इन्टरनेट सेवाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरेका हुन् ।

शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान

अधिकार रक्षक नै असुरक्षित

शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस पदाधिकारी

Leave a comment

Your email address will not be published. Required fields are marked *