अधिकार रक्षक नै असुरक्षित

सुर्खेत । विभिन्न घटनाका पीडितहरुलाई न्याय दिलाउन क्रियाशिल मानव अधिकार रक्षकहरु नै असुरक्षित महसुस गर्न थालेका छन् ।

पीडितका पक्षमा आवाज उठाउँदा अधिकारकर्मीहरुलाई विभिन्न समूह र व्यक्तिबाट डरत्रास र धम्की आउन थालेपछि आफूहरु असुरक्षित भएको मानवअधिकार रक्षकहरुले बताएका छन् ।

आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले आयोजना गरेको ‘प्रदेशमा मानव अधिकार रक्षकहरुको वर्तमान अवस्था’ कार्यशाला कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले यस्तो बताएका हुन ।

सहर तथा ग्रमीणमा भेगमा बसोबास गर्ने नागरिकहरुको अधिकारका लागि काम गर्दा मानवअधिकार रक्षक नै असुरक्षित हुनुपरेको उनीहरुको गुनासो छ । आम नागरिकको न्यायमा पहुँचको लागि अटिदा उल्टै आफै असुरक्षित हुनुपरेको अधिकारकर्मीहरुको भनाई छ ।

राज्यले मानव अधिकार रक्षकहरुको अधिकार रक्षकहरुको सुरक्षालाई सम्बोधन नगरेको भन्दै उनीहरुले यस विषयमा कर्णाली प्रदेश सरकारले कानुन बनाउनुपर्नेमा जोड दिएका छन् । इन्सेक कार्यसमिति सदस्य शोभाकर बुढाथोकीले मानव अधिकार रक्षकहरु राज्य र अन्य संगठित समूहबाट जोखिम रहेको बताए ।

‘जबसम्म रक्षकहरुलाई सुरक्षा र सशक्तिकरण हुँदैन तबसम्म उनीहरुले नागरिकको अधिकारको रक्षा गर्न सकिदैन’ बुढाथोकी भने ‘आम नागरिकको न्यायमा पहुँचको लागि रक्षकहरुको सुरक्षा जरुरी छ ।’ इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले मानव अधिकार रक्षकहरु एकजुट भएर अघि बढेमा उनीहरुको अधिकारको सुरक्षा गर्न सहज हुने बताए ।

अधिकार रक्षक नै असुरक्षित

शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान

Leave a comment

Your email address will not be published. Required fields are marked *