नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सोमबार बस्दैछ ।

सभापति शेरबहादुर देउवाले बोलाएको बैठक अहिले २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने तयारी छ ।

विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।

अरु पार्टी र कांग्रेसभित्रैबाट एमाले अध्यक्ष केपीको विकल्पमा नयाँ सरकार गठनको नेतृत्व लिन देउवामाथि दबाब परिरहेका बेला बस्न लागेको हो ।

माओवादी केन्द्रले पटक–पटक सरकारको नेतृत्व लिन देउवालाई भने पनि उनले परिस्थिति अझै परिपक्क भइनसकेको बताउँदै आएका छन् ।

त्यस्तै कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर पनि कांग्रेसले नयाँ सरकारको नेतृत्व लिनुपर्ने बताइरहेको छ।

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

शे–फोक्सुण्डो ताल क्षेत्रमा निःशुल्क इन्टरनेट जडान

नयाँ सरकार गठनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

१९ वर्षीय युवा घर खोज्दै सुर्खेत आइपुगेपछि‍‍‍‍‍‍…

Leave a comment

Your email address will not be published. Required fields are marked *