राकममा एमालेको वडा कमिटी विस्तारित बैठक सम्पन्न

दुर्गा विसि

सल्यान । नेकपा (एमाले) सुर्खेत सिम्ता गाउँ कमिटी सचिवालयकाे अन्तर पार्टी निर्देशन अनुसार सिम्ता-६ रामकमा वडा कमिटीको विस्तारित बैंठक सम्पन्न भएको छ ।उक्त बैठकले टाेल स्तरमा भदौ १३ गतेसम्म पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ ।
भदौ १५ सम्म पार्टी सदस्यता नविकरण गर्ने र सुकुम्बासीहरूले जमिन पाउने अधिकारलाई वर्तमान सरकारले कुठाराघात गरेको निर्णय विरूद्ध भण्डाफाेर अभियान सञ्चालन गर्ने समेत जनाएको छ ।
अन्य महत्त्वपूर्ण निर्णय गर्नुका साथै नेपाली काँग्रेस समर्थक इन्द्रबहादुर सिंह र साजन सिंह गरि दुई जना युवाहरू नेकपा एमाले प्रवेश गरेका छन् । स्थानीय चुनाव यता १ सय ५० घरधुरी काँग्रेस छाडेर एमालेमा प्रवेश गरिसकेका छन् ।

कार्यक्रमकाे सञ्चालन दिल बहादुर अधिकारी सभा अध्यक्षता वडा कमिटी अध्यक्ष ललित सिंह, प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सुर्खेत सदस्य एवम् सिम्ता गाउँ कमिटी अध्यक्ष कविन्द्र कुमार केसी,अतिथिहरू जिल्ला कमिटी सदस्य काेकिला सिंह,गाउँ कमिटी सिम्ताका सचिव प्रकाश शर्मा,वडा अध्यक्ष राजेन्द्र सिह र जेष्ठ सदस्य दलबहादुर शाहीले मन्तव्य राखेका थिए ।






