घुँयत्राे : ओहो ! ओलीबा त साह्रै कडापो रैछन् त हँ

ओहो ! ओलीबा त साह्रैे कडापो रैछन् त हँ । आँफू सत्ताच्युत हुने निश्चित भएछि सिंहदरबाराट माकुनेलाई सत्तोश्राप गर्न शुरु गर्या हुन् । त्यसपछि बालुवाटार हुँदै बाल्कोटको बार्दलीयाँ चढेरसमेत माधवलाई भट्टेसराप गर्न थाल्या हुन् । त्यो रफ्तार ऐलेसम्म रोक्किया छैन गाँठे ।
माधवले शेरबहादुरलाई विश्वासको मत दिएछि त झन् माधवका विरुद्ध मात्र हैनकी उनका साथलाग्या २२ जना सांसदकोसमेत पत्तासाफ गराएर पार्टी बलियो बनाउँछु भनेर कस्सिया छन् त नी । आँफू त पार्टी मिलाउन १० बुँदे सहमतियाँ ओलीबाले नि सहमति जनाछन् । तर पार्टी ह्वीप मानेन र विपक्षिलाई मत हाल्यो भनेर रोयका छन् त गाँठे बा त ! ७६ (५) को सरकारलाई भोट हाल्दा दलीय अनुशासन भंग हुन्न, त्यो दफाले बन्ने प्रधानमन्त्री संसदको विशेषाधिकार अन्तरगत बनेको हो ।
त्यसलाई जोकोही पार्टीकाले पनि भोट हाल्न सक्छन् भनेर अदालतले व्याख्या गर्दानी ओलीबाले भोट हाल्नेलाई कारबाही गर्ने भनेछि कतै ओलीबा पाटी फुटाल्ने मुडमै पुगेर नेपाल समूह नआओस् र एमाल्याँ आफ्नो रब्बादब्बा मात्रै चलोस् भन्ने त हैन । माओवादीको दस्ता जस्तै युथफोर्स, साइबर सेना, अरिङ्गाल, युवासंघ जस्ता लक्का जवानहरूको संगठन खोलेर विपक्षीहरुसित पूरै भिड्ने मनस्थितियाँ पुग्या जस्तो देखिने ओलीबाको २/४ दिनको स्याल हुइँयाँले त अब एमालेलाई जुटाउन १० बुँदे मात्रै हैन, पचासै बुँदे आएनी त्यो सहमतिले केही गर्देला जस्तो लाएन ।
नेपाल समूहसितको रुष्टता हेर्ने हो भने त अब ओलीबा दोश्रो तहका नेताहरु मिलाउने भन्दै हिँडने ओलीबा त्यसलाई मिच्दै हिँडने खेलपो देख्खियो त । तर ओलीबा तपाईं सत्ताँ हुँदा जसरी बज्रस्वाँठहरु तपाइँको पछि अन्धो भक्त भएर लाग्थे । अब माधव नी सत्ताँ गए भने त तपाइँका वज्रस्वाँठहरुनि माधव कमरेडतिर जान सक्छनु नि । त्यो कुरालाई तपाइँले हेक्का गर्या खै त ? आखिर सबै खेल गर्ने गराउने सत्ता र पैसा नै हो । त्यसैले एमाले गठन गरेर गएछि सबै सर्लक्कै आउँछन् भन्नेनी छैन क्यारे ।
देख्नहुन्न तपाइँले वनमन्त्री बना मान्छे देउवासित मन्त्री माग्न मात्रै गएनन् कि, भोट पनि देउवालाई नै हाले । आखिर तपाइँले त्यो स्वाँठका लागि कति टाउको लुकाउनुपर्ने स्थिति आयो उनको बोलीले । कोही धरहराट फाल हाल्छु भन्ने कोही बोटविरुवाले कार्वन्डाईअक्साइड फाल्छ भन्ने यस्ता अनेकन उटपटाङ्ग गरी हिन्नेलाई तपाइँले काखी च्यापेर बस्दा तपाईं एउटा नाँङ्गो बादशाह जस्तो बन्नुभा कुरा घरिघरि भनी रहनु पर्दैन
। त्यसैले ओलीबा माधवलाई गाली गरेर पार्टी फोडेर फाईदा छैन । हिजो सत्ता थ्योर पो जति दम्काए नी हुन्थ्यो । अब त उल्टो उनहरुले दम्काउन सक्छन् । चुनावाँ दुई तिहाइ ल्याएर देखाई दिन्छु पनि भन्नुहुन्छ । पार्टी नी एक हुन दिन्हुन्न । अनि काँट आउँछ त दुई तिहाइ । ओलीबाका अडान सुनेरै दङ्ग छु म त !
वेदर्षि






