ढोरपिपल बजारमा १० दिन देखि बत्ति विहिन, कर्मचारी अभाव र सेवा सुविधा नहुदा फिल्डमा जान समस्या

दुर्गा विसी ।

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा,७ को ढोरपिपल वजारमा वत्ति अवरुद्ध हुदा १० दिन देखि अन्धकार वनेको छ ।ढोरपिपल जोड्ने लाइनका ३ पोल ढले पछि ढोपिपल वजार अन्धकार वनेको छ ।

विद्युत कार्यलय सुर्खेत र मातहतको शाखा कार्यालय सल्लिवजारलाइ स्थानीयले पटकपटक जानकारी गराउदा समेत वत्ति सुचारू हुन सकिरहेको छैन ।स्थानीयले ढलेका पोल समेत स्व आफै गाडी सकेका छन् ।तर लाइन सुचारु नहुदा स्थानीय उपभोक्त रुष्ट वनेका छन् ।

सल्यान सल्लिवजार नो लाइट सेवा कार्यालय हालसम्म सुर्खेतले हेरेको र सामान्य समस्या पर्दा सुर्खेतकै मुख ताक्नुपर्ने प्राबधानले यहाँका नागरिकले विद्युत विच्छेद वा अन्य समस्या पर्दा अन्तर जिल्लाको मुख ताक्नुपर्ने अवस्था छ ।उक्त सल्लि कार्यालयमा कर्मचारी अभाव र सेवासुविधा अभावले समस्या थपेको छ ।

ठाउँ ठाउँमा लाइन विस्तारको काम जारि छ ।लाइन पहिलोको तुलनामा अहिले ह्वात्तै वढेको जहाँ पुग्दा समेत दुई जना कर्मचारी दुगुर्नु पर्छ ।कसरी सबै ठाउँको समस्या समाधान हुन सक्छ ।

नाम नवाताउने सर्तमा एक कर्मचारीका अनुसार नास्ता,भाडा तेल,अन्य खर्च केही नहुदा आफ्नै व्यक्तिगत खर्चमा फिल्ड खट्नुपर्छ ।कार्यलयबाट तलव वाहेक अरु सुविधा केहि नदिदाँ तलवबाटै उक्त खर्च धान्नु परेको कर्मचारीको दुखेसो छ ।

अहिलेसम्म सल्लिवजार विद्युत शाखा कार्यलयमा करारका कर्मचारीले धान्दै आएका छन् ।उनिहरुको सुविधाको लागि सम्बन्धि कार्यालयले चासो दिने गरेको छैन ।गाउँ गाउँमा विद्युत विस्तार भयो तर समान्य समस्या आउदा प्राविधिक नपुग्दा स्थानीय सेवा ग्राही मारमा पर्ने गरेका छन् ।

ढोरपिपल जस्तै वडा १ को नाम्रामा वत्ति विग्रीएको हप्तौं भयो,त्यहाँको समस्या पनि जिउकातिउ रहेको स्थानीयको दुखेसो छ ।ढोरपिपल वासि वत्ति सुचारुको लागि दिनुहँ धाए तर हुक्क भएर आज पोल गाड्न आफै जुटे ।

ढोरपिपल बजारमा १० दिन देखि बत्ति विहिन, कर्मचारी अभाव र सेवा सुविधा नहुदा फिल्डमा जान समस्या

तीन अर्ब बजेट नेता र कार्यकर्तालाई बाँढ्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *