असारको पहिलो साता सुनको भाउ तोलामा २८ सयले घट्यो

काठमाडौं । असारको पहिलो साता सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन असार १ गते ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असार ७ गते ९० हजार चार सय रुपैयाँमा आइपुगेको छ ।

यस्तै साता भर तेजावी सुुनको भाउ दुई हजार ७५० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महिनाको पहिलो दिन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आज ७ गते ८९ हजार ९५० रुपैयाँमा आइपुगेको छ ।

चाँदी भने साताभर जम्मा ६० रुपैयाँले तोलामा घटेको छ । एक हजार ३५५ रुपैयाँमा असार एक गते कारोबार भएको चाँदीको भाउ ७ गते १२ सय ९५ रुपैयाँ कायम भएको छ ।
एक गतेदेखि ६ दिनसम्म लगातार घटेको सुन चाँदीको भाउ ७ असारमा भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ ।

मंगलबारबाट सुनचाँदी कारोबार खुल्दै

निषेधाज्ञाका कारण वैशाख १५ गतेबाट बन्द सुन चाँदी व्यवसाय मंगलबारबाट सञ्चालनमा आउँदैछ । साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार सुन चाँदी पसल खोल्न दिने प्रशासनको निर्णयपछि पसल सञ्चालनको तयारी थालिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

लामो निषेधाज्ञाका कारण आर्थिक अवस्था जर्जर बनका व्यवसायीहरुलाई व्यवसाय खुला भएपछि केही राहात मिल्ने उनले बताए । कोरोना बिरुद्धकेा खोप प्रभावकारी बन्दै गएपछि विश्व बजारमा सुनको भाउ ओरालो लाग्ने क्रममा देखिएको पनि बज्राचार्यले बताए ।

‘मानिसहरु विश्वस्त भएको देखिन्छ, अवस्था पुरानै लयमा फर्कियो भने सुनको भाउ तोलामा ८० देखि ९० हजारको बाीचमा मात्रै रहने अवस्था आउँछ,’ महासचिव बज्राचार्यले भने ।

असारको पहिलो साता सुनको भाउ तोलामा २८ सयले घट्यो

कतारले विश्वकप फुटबल हेर्न आउने १० लाख

असारको पहिलो साता सुनको भाउ तोलामा २८ सयले घट्यो

ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग

Leave a comment

Your email address will not be published. Required fields are marked *