कतारले विश्वकप फुटबल हेर्न आउने १० लाख जनालाई कोरोना खोप लगाइदिने

काठमाडौं । कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख फुटबलप्रेमीलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइदिने भएको छ । खोप नलगाएका व्यक्तिलाई रंगशालामा प्रवेश गर्न नदिने पनि कतारले बताएको छ ।

कतारका प्रधानमन्त्री शेख खलिद बिन खलिफा अल थानीले विश्वकप हेर्न आउने सबैलाई कोरोना खोप दिने विषयमा पनि कम्पनीहरुसँग छलफल भइरहेको बताएका छन् । ‘हाम्रो प्रमुख लक्ष्य भनेको खोप नलगाएका मानिसलाई खोप लगाउँदै आफ्ना नागरिक र बासिन्दाहरुको सार्वजनिक स्वास्थ्यको सुरक्षा गर्नु हो,’ अल थानीले भने ।

‘फिफा विश्वकप आउँदासम्म अधिकांश मुलुकले आफ्ना नागरिकहरुलाई कोरोना खोप लगाइसकेका हुनेछन् । यद्यपि केही मुलुकले भने त्यतिबेलासम्म आफ्ना नागरिकहरुलाई खोप दिन सकेका हुँदैनन्, त्यस्तोमा कतारले उनीहरुलाई कोरोना खोपको पूरा डोज नलिई स्टेडियममा प्रवेशको अनुमति दिंदैन,’ उनले थपे ।

कोरोना महामारीमा पनि कतारले विश्वकप आयोजनाको तयारीलाई भने रोकेको छैन । विश्वकपको आयोजनाबाट मुलुकलाई आर्थिक रुपमा ठूलो फाइदा हुने कतारले विश्वास लिएको छ ।

एजेन्सीहरुको सहयोगमा

कतारले विश्वकप फुटबल हेर्न आउने १० लाख जनालाई कोरोना खोप लगाइदिने

राउटे समुदायका लागि एकीकृत नीति ल्याउँदै कर्णाली

कतारले विश्वकप फुटबल हेर्न आउने १० लाख जनालाई कोरोना खोप लगाइदिने

असारको पहिलो साता सुनको भाउ तोलामा २८

Leave a comment

Your email address will not be published. Required fields are marked *