पहिरोको जोखिम बढेसँगै विस्थापित भए सात परिवार

हुम्ला । खार्पुनाथ गाउँपालिका–३, कारंगा गाउँका सात घरपरिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन्। कारंगामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् ।

गाउँमाथि रहेको माटो र ढुंगा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे ।  गाउँको माथिपट्टिको भीरमा ठूलो ढुंगा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् ।

भीरमा रहेको ठूलो ढुंगा आसपास क्षेत्रबाट ससाना ढुंगा खस्न सुरु भएको छ। वस्तीमाथिको जमिन भासिँदै गएपछि कारंगा गाउँ पहिरोको उच्च जोखिममा छ । लगातारको वर्षाले वस्तीभन्दा करिब १०० मिटरमाथि जमिन भासिएको छ ।

पहिरोको जोखिम बढेसँगै विस्थापित भए सात परिवार

दैलेखमा कोरोनाको मुख्यथलो बन्दै रोपाइँ

Leave a comment

Your email address will not be published. Required fields are marked *