राउटे समुदायलाई सिम्ता गाउँपालिका अध्यक्ष केसिले वितरण गरे लत्ताकपडा

सुर्खेत । फिरन्ते जिवन विताइरहेका राउटे समुदायलाई सिम्ता गाउँपालिकाको सहयोगमा कपडा वितरण गरिएको छ ।

हाल गुर्भाकोट नगरपालिका वडा ९ मा अस्थायी रुपमा बस्दै आएका राउटेहरुलाई सिम्ता गाउँपालिकाको सहयोग एवं गैरसरकारी संस्था महासंघ सुर्खेत र कोरोना प्रतिकार्य समूह कर्णाली प्रदेश समितिको समन्वयमा लगाउने र अन्य सुत्ने समयमा प्रयोग हुने कपडा वितरण गरिएको जनाएको छ ।

राउटे समुदायका सबैजनालाई एक एक थान पुग्नेगरी लगाउने सुत्ने समयमा प्रयोग हुने कपडा हस्तान्तरण गरिएको गैसस महासंघ सुर्खेतका अध्यक्ष एवं कोरोना प्रतिकार्य समूहका संयोजक घनश्याम केसीले जानकारी दिए ।

फिरन्ते जिवन विताइरहेका राउटेहरुलाई लगातारको झरीले समस्या परेको खबर पाएपछि कपडा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले बताए ।
१ सय ४६ जनालाई कपडा वितरण गरेको केसिको भनाइ रहेको छ ।

उक्त अवसरमा राउटे अभियान्ता सत्वदेवि खड्का,वडा अध्यक्ष शशीराम भट्टराई लगाइतका व्यक्तिहरुको उपस्थिति रहेको थियोे । राउटेहरु अवको एक दुई दिन भित्र सल्यानको काल्चे कालिमाटी तर्फ वसाइसर्ने तयारीमा रहेका खबर छ ।

राउटे समुदायलाई सिम्ता गाउँपालिका अध्यक्ष केसिले वितरण गरे लत्ताकपडा

प्युठानमा पोखरीमा डुबेर बालकको मृत्यु

राउटे समुदायलाई सिम्ता गाउँपालिका अध्यक्ष केसिले वितरण गरे लत्ताकपडा

पहिरोको जोखिम बढेसँगै विस्थापित भए सात परिवार

Leave a comment

Your email address will not be published. Required fields are marked *