दुर्घटनामा घाईते भएका पत्रकार पाेखरेलकाे मृत्यु

सुर्खेत । सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पत्रकार खिमप्रसाद पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ ।
सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको बासपानी मोडमा मोटर साईकल र ट्रक ठोक्कीदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय पोखरेल गम्भीर घाइते भएका थिए ।
उनको देउती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे । वीरेन्द्रनगरतर्फ आउँदै गरेको पोखरेल सवार लु ६६ प २८२३ नम्बरको मोटरसाईकललाई दैलेखतर्फ जाँदै गरेको भे १ क ९१३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
दुर्घटनाको कारण नखुलेपनि गुराँस गाउँपालिका–१ का २८ वर्षीय ट्रक चालक वीरेन्द्र रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते पोखरेल राष्ट्रिय सञ्चार अनलाइनका सम्वाददाता हुन् ।
महासंघद्वारा शाेकविज्ञप्ति जारी
पाेखरेलकाे निधनप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतले शाेक विज्ञप्ती जारी गरेकाे छ । पाेखरेलकाे सवारी दुर्घटना परि अकल्पनीय निधन भएकाेप्रत महासंघले दुःख व्यक्त गरेकाे हाे ।
साथै, महासंघले दुर्घटनाकाे छानविन गरि दाेषिलाइ कारबाही र पीडित परिवारलाइ उचित क्षतिपुर्ती उपलब्ध गराउन माग गरिएकाे छ । 






