महन्थ पक्षको एक निर्णयले विभाजनमा पुग्न लागेकाे जसपा मिल्याे

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा जनता समाजवादी पार्टी जसपाका विभाजित दुवै समूह एकै ठाउँमा उभिए।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव बीचको सहमति अनुसार निर्वाचन आयोगले पार्टी विभाजनको प्रक्रिया अघि बढाइरहेको बेलामा देउवाको विश्वासको मतको पक्षमा भएका भएका हुन्।

अध्यक्ष यादव पक्ष यसअघि नै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनको पक्षमा थिए। तर, अर्का अध्यक्ष ठाकुर समूह पार्टी नै विभाजन गरेर ओली नेतृत्वको सरकारमा सामेल भएका थिए।

अध्यक्ष ठाकुर पक्षका सांसद एकपछि अर्को गर्दै यादव समूहमा लागेपछि अस्तित्व जोगाउन बाध्य भएर देउवाको पक्षमा विश्वासको मत दिएको यादव पक्षका एक नेताले बताए।

‘उहाँहरू ओलीको मतियार बनिराख्न तयार हुनुहुन्थ्यो। तर, सांसदहरूले बुझेर साथ छाड्न थालेपछि बाध्य भएर देउवाको पक्षमा विश्वासको मत दिनुभयो’, ती नेताको भनाइ थियो।

तर, विभाजनको डिलमा पुगिसकेको पार्टी देउवाको पक्षमा विश्वासको मत दिने बेलामा एकै ठाउँमा उभिएपछि एकताको वातावरण बनेको नेता मनिस सुमन बताउँछन्।

भन्छन्, ‘हामी पार्टी एकताको विपक्षमा कहिल्यै थिएनौँ। अहिले पार्टी एकताको वातावरण बनेको छ। उहाँहरूले आधिकारिकताको लागि निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिनुपर्छ।’

निवर्तमान प्रधानमन्त्री ओलीकै कारणले जसपा विभाजनको बाटोमा गएको उनी स्वीकार गर्छन्। ‘ओली अझै शक्तिमा भइरहेको भए, पार्टी फुटिसक्थ्यो। एकताको यस्तो सम्भावना थिएन। तर, अहिले हामीलाई एकता जोगाउने महत्वपूर्ण अवसर प्राप्त भएको छ’ उनले भने, ‘त्यसको लागि सबैले कमिकमजोरी सच्चाएर अघि बढ्नुपर्छ।’

त्यसो त पार्टी आधिकारिकता दाबी गरिरहेका अध्यक्ष यादव समूहका नेता मोहमद इस्तियाक राई पार्टीमा कसैलाई ढोका बन्द नगरेको बताउँछन्।

‘हामीले पार्टीमा कसैलाई ढोका बन्द गरेका छैनौँ। पार्टीमा फरक विचार हुन्छ। त्यो पार्टीमै राख्ने समाधान गर्ने हो। तर, उहाँहरूले फरक विचार राखेर संविधान र लोकतन्त्र विरुद्ध ओलीको मतियार बन्नुभएको थियो’ नेता राईले भने, ‘उहाँहरूले गल्ती स्वीकार गरेर फर्किए पार्टी एकताबद्ध हुनसक्छ।’

देउवाको पक्षमा विश्वासको मत दिएर करिब ५ प्रतिशत मात्रै एकताको वातावरण बनेको उनको भनाइ छ। ‘संविधान, लोकतन्त्र र मद्येशका मागभन्दा आफ्नो स्वार्थमा उहाँहरू लाग्नुभएको थियो। त्यो सबै त्यागेर फर्किएमा पार्टी एकताको हुनसक्छ’, उनले भने, ‘उहाँहरूले सच्चिएर आउनुभए हामीले आयोगमा दिएको निवेदन पनि फिर्ता लिन्छौँ।’

त्यसो त अध्यक्ष ठाकुर पक्षले अकस्मात देउवालाई विश्वासको मत दिएपछि अर्का अध्यक्ष ठाकुरले बाटो विराएको साथीहरू सही बाटोमा आएका प्रतिक्रिया दिएका थिए। ​

रमेश पराजुली/थाहाखबरबाट

महन्थ पक्षको एक निर्णयले विभाजनमा पुग्न लागेकाे जसपा मिल्याे

विश्वमै दुर्लभ चरा जाजरकाेटकाे बारेकोटमा भेटिए

महन्थ पक्षको एक निर्णयले विभाजनमा पुग्न लागेकाे जसपा मिल्याे

प्रदेश सरकारले दलितका लागि छुट्याएको २४ करोड

Leave a comment

Your email address will not be published. Required fields are marked *