विश्वमै दुर्लभ चरा जाजरकाेटकाे बारेकोटमा भेटिए

जाजरकोट । बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा विश्वमै दुर्लभ मानिएका चराहरु फेला परेका छन्। पटकपटक गरिएको अध्ययनबाट बारेकोटमा दुर्लभ चराहरु फेला परेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्द सिंहले बताए।

विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, नेपालमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची ९आईआईमा०मा सूचीकृत कालो चिल, कालिज, काकाकुल, लोभीपापी गरुड र कर्रासुगा फेला परेको सिंहले बताए।

उनले बारेकोट–२ जीउलामा लोभीपापी गरुड फेला परेको जनाकारी दिए। यसअघि जाजरकोटको भेरी नगरपालिका, बाँकेको चिसापानी र सुर्खेत सिम्तामा लोभीपापी गरुड फेला परेका थिए। सामान्यतः ९१५ मिटरभन्दा कम उचाईको भू–भागमा पाइने लोभीपापी गरुड बारेकोटमा भने एक हजार ६०० मिटरको उचाईमा भेटिएको सिंहले बताए। धेरै उचाइमा समेत लोभीपापी गरुड भेटिन थालेपछि अध्याताहरूका लागि चासोको विषय हुन सक्ने उनको भनाइ छ।

जलवायु परिवर्तनका कारण यो पंक्षी लेकतिर बसाइँ सर्ने गरेको चराविद् सिंहको भनाइ छ। लोभीपापी गरुड अग्ला सिमल र सालको रूखमा बस्ने र गुँड लगाउने गर्छ। रूख फँडानी गर्दा गिद्धलगायत यो पंक्षीलाई असर परेको छ। अर्को समस्या भनेको बालीनालीमा विषादी हालेर मुसा मार्दा यसले खाएर पनि मर्ने गरेको उनको भनाइ छ। मानवीय क्रियाकलापकै कारण यो दुलर्भ पंक्षी लोप हुने अवस्थामा पुगेको छ। यसले बालीनालीमा हुने किरा फट्यांग्रा, भ्यागुतो, सर्प, मुसा खाएर बालीको सुरक्षा गर्ने भएकोले किसानको साथी मानिन्छ।

लोभीपापी गरुड मध्यम आकारको गरुड हो। यसको गठिलो, प्रायः कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छर ढकनी सेतो भएको हुन्छ। यसको उडानका क्रममा माथिल्ला र तल्ला पखेटा पूरै गाढा देखिन्छ।

बच्चा लोभीपापी गरुड वयस्क जस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पखेटाहरूका साथै प्वाँखहरूले ढाकिएको निधार भएको हुन्छ। लोभीपापी गरुड नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो। यो चरा एसियाको रैथाने प्रजाति हो। लोभीपापी गरुड एसियामा नेपाल, भारत हुँदै इन्डोनेसियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ।

बारेकोटमै ८८ प्रजातिका चरा

एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको जाजरकोटका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको चराविद् सिंहले बताए।

विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची ९आईआईमा०मा सूचीकृत कालो चिल र कालिज, काकाकूल तथा कर्रासुगा फेला परेको रेड पाण्डा नेटवर्कका भूपाल केसीले जानकारी दिए।

कुनै ठाउँमा पनि सूचीकृत नभएको तर लोपोन्मुख लामोठुँडे चाचर पनि बारेकाटमा फेला परेको छ। जैविक विविधताले भरिपूर्ण बारेकोटमा तीन दिन लगाएर गरिएको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको हो। रेड पाण्डा नेटवर्कको आर्थिक सहयोग र डाँफे युवा क्लबको साझेदारीमा जाजरकोटमा चराको अध्ययन गरिएको हो।

रामीडाँडाको कोटेली खोलादेखि छेडासम्म ४० जातका चराचुरुंगी पाइएको पक्षी संरक्षक गोविन्दबहादुर सिंहले बताए। मैनाको कलेबारी सामुदायिक वनअन्तर्गतको झम्खोलाको एक हजार ८९१ मिटरदेखि कलेबारी दुई हजार ३०९ मिटर हुँदै तलकोटसम्म अनुगमन गर्दा ३८ जातका चरा तथा रामीडाँडाको लिम्साको देउल, दोमिल्दा हुँदै पुनः खोलासम्म १० थरीका चरा फेला परेका थिए। बारेकोट मात्र नभएर जाजरकोट चराको नमुना क्षेत्र नै भएको केसीले बताए।

थाहाखबरबाट

विश्वमै दुर्लभ चरा  जाजरकाेटकाे बारेकोटमा भेटिए

माधव नेपाल समूह तत्कालै सरकारमा जाने

विश्वमै दुर्लभ चरा  जाजरकाेटकाे बारेकोटमा भेटिए

महन्थ पक्षको एक निर्णयले विभाजनमा पुग्न लागेकाे

Leave a comment

Your email address will not be published. Required fields are marked *