बाणिज्य बैंकले यसवर्ष ब्याजमा १० प्रतिशत छुट दिने

सुर्खेत । राष्ट्रिय बाणिज्य बैंकले आफ्ना ग्रहाकहरुलाई असार मसान्त भित्रमा कर्जाको किस्ता तथा ब्याज बुझाएमा १० पतिशत रकम छुट दिने भएको छ ।

पुर्ण सरकारी स्वामित्वमा रहेको एक मात्र बैंक राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले कर्जा ग्राहकहरुलाई २०७८ असार मसान्त भित्रमा कर्जाको किस्ता तथा ब्याज बुझाएमा १० पतिशत रकम छुट दिने भएको हो ।

देशमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को बिषम परिस्थितिका कारण आफ्ना ग्राहकहरुलाई राहत स्वरुप उक्त योजनाको लागु गरिएको बाणिज्य बैैंक प्रादेशिक कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रवन्धक रामकुमार थापाले बताए ।

थापाका अनुसार कर्णाली प्रदेशमा एक लाख २२ हजार भन्दा बढि सक्रिय ग्राहकहरुलाई राष्ट्रिय बाणिज्य बैंकले प्रदेश कार्यालय सहित १९ वटा शाखा कार्यालय र १ वटा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गरि रहेको छ ।

त्यस्तै ग्राहकहरुलाई सरल बैंकिङ्ग सेवा सहितको डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको राष्ट्रिय बाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ । साथै कोभिड–१९ को कारण सृजित बिषम परिस्थितिमा सरकारद्धारा घोषणा गरिएको पुनरकर्जा सुविधा पाउन योग्यता पुगेका ग्राहकहरुलाई उक्त सूविधाको लागि आवश्यक कार्य गरी पूनरकर्जा सुविधा उपलब्ध गराएको छ ।

हाल कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा (बन्दाबन्दी) को कारण ग्राहकहरुको कारोबार तथा आयमा परेको नकारात्मक प्रभावलाई कम गर्न यस योजनाले सहयोग पु¥याउने अपेक्षा समेत राखेको बैंकले जनाएको छ ।

 

बाणिज्य बैंकले यसवर्ष  ब्याजमा १० प्रतिशत छुट दिने

२४ सय ४२ मा कोरोना पुष्टि, ५१

Leave a comment

Your email address will not be published. Required fields are marked *