पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं  ।  सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारलाई पहिलो खोप लगाएकालाई दोस्रो खोप र खोप नपाएकालाई दुवै खोपको व्यवस्था गर्न आज अन्तरिम आदेश जारी गरेको हो।

निवेदकको तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे र विष्णु कुमार गिरीले बहस गरेका थिए। पत्रकार तथा अधिवक्ता घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

पाल पत्रकार महासंघले यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग भेटेर पत्रकारका लागि खोपको व्यवस्था गर्न माग गरेको थियो।

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

बाणिज्य बैंकले यसवर्ष ब्याजमा १० प्रतिशत छुट

Leave a comment

Your email address will not be published. Required fields are marked *