पत्रकार महासंघले सञ्चार गृह अनुगमन गर्ने

सञ्चार गृहहरूले श्रमजीवि पत्रकारलाई कामबाट हटाउने र पारिश्रमिक नदिने गुनासा आएको नेपाल पत्रकार महासंघले बताएको छ । कोरोना संक्रमणका कारण उत्पन्न कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने पनि महासंघको भनाइ छ।

‘कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव रोशन पुरीले आज विज्ञप्ति निकालेर भनेका छन्।

श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न महासंघले आग्रह गरेको छ।

अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गरी श्रमजीवी पत्रकार ऐन र अन्य ऐनले तोकेअनुसारको सेवा–सुविधा प्रदान गर्न गराउन पनि महासंघले आग्रह गरेको छ।

श्रमजीवी पत्रकारले भोगेका समस्याका बारेमा औपचारिक र अनौपचारिक जानकारी गराउन महासंघले आग्रह पनि गरेको छ। साथै महासंघ केन्द्रीय समितिले असार सोमबारदेखि विभिन्न सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको बताएको छ।

सो अनुगमनपछि प्राप्त प्रतिवेदनका आधारमा सञ्चार गृहका सम्बन्धमा आवश्यक निर्णय लिएर महासंघ दबाबमूलक कार्यक्रम र कानुनी संघर्षमा जाने महासचिव पुरीले बताएका छन्।

पत्रकार महासंघले सञ्चार गृह अनुगमन गर्ने

एक सातादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन,

पत्रकार महासंघले सञ्चार गृह अनुगमन गर्ने

आफूखुसी गरेको निर्णयबाट पछि हट्यो कर्णाली सरकार

Leave a comment

Your email address will not be published. Required fields are marked *