मानसिक तनाव कम गर्ने यस्ता छन् उपायहरु

मान्छेमा तनावै नहुने कुराको कल्पना गर्न सकिन्न र केही हदसम्मको तनावले मान्छेका लागि राम्रो गर्ने उत्प्रेरकको रुपमा भूमिका पनि निर्वाह गर्छ तर तनावले सीमा नाघ्यो भने त्यो हानिकारक हुन्छ ।
त्यसले मान्छेको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै हानी गर्दछ । तनावले उच्च रक्तचाप तथा हृदयाघात जस्ता समस्याको खतरा बढ्छ । त्यसैले तनावलाई बढ्न दिनुहुँदैन ।
तनावलाई यसरी नियन्त्रण गनुहोस् ।
-तनावलाई आफुमाथि हावी हुन दिनु नै पेनिक अट्याकलाई निम्तो दिनु हो । यसबाट बच्नका लागि मानिसहरुसँग भेटघाट गर्ने , सामाजिक कार्यक्रममा सहभागि हुने, नयाँ नयाँ ठाउँ घुम्ने, र आराम गर्ने समय निकाल्ने गर्न सकिन्छ।।
– जहिले सुकै पेनिक अट्याकको अनुभुति भएको खण्डमा आरामसँग एक ठाउँमा बसेर गहिरो सास लिने गर्दा शरीर र मुटुको धड्कन सामान्य गर्न मदत गर्दछ ।
छिटो छिटो सास फेर्नु शरीरलाई अफ्ठ्यारोमा पार्नु हो । लामो समयसम्म यस्तो गर्दा रक्तसञ्चार पनि निकै बढ्छ। जसले उत्तेजना बढाउन्छ । त्यसैले सबैभन्दा पहिले आफुलाई शान्त पार्नु पर्छ ।
-जहिलै पनि यस्तो किसीमको समस्या भयो भने एक गिलास चिसो पानी पिउनुस् । यसले शरिर सामान्य स्थितीमा आउन्छ ।
-मादकपदार्थ सेवन र निन्द्राको ओषधी प्रयोग गर्दा पनि पेनिक अट्याकको कारण हुन सक्छ । त्यसैले यस्तो बानीबाट टाढा रहने कोशिस गर्नुस् ।-यदि सधै बेचैनि भइरहन्छ त डाक्टरसँग सल्लाह लिनुस् ।
-पेनिक अट्याकको उपचारमा थेरापीहरु बाहेक औषधी पनि प्रयोग गर्न सकिन्छ । अट्या पछि आफ्नो दिनचर्यामा परिवर्तन गरेर पनि यसको उपचार गर्न सकिन्छ ।
-परिवारका अन्य सदस्यको राम्रो व्यवहारले पनि बिरामीको रोग निको हुन मद्धत गर्छ ।






