२०८३ बैशाख २५ गते
×

Now Playing

सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गयो

काठमाण्डौ : सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गोलबजार नगरपालिका–६ मा गएराति पौने ८ बजेतिर दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको र एक जना घाइते भएका प्रहरीले जनाएको छ । झडपका क्रममा छुरा प्रहार हुँदा २६ वर्षका रामकुमार सदाको ज्यान गएको हो। सदाको आरके मेडिसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

झडपमा गम्भीर घाइते भएका निकेश सदाको उपचार भइरहेको छ । दुई पक्षका ६र७ जनाबीच झडप भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले जाँडरक्सी खाएर यत्तिक्कै झगडा गरेका हुन सक्ने प्रहरीले जनाएको छ ।

यसैबीच दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गको गोलबजार खण्ड आज बिहान केहीबेर अवरोध गरेका थिए । अहिले भने सामान्य रुपमै गाडी चलिरहेका छन् । घटना भएको ठाउँ वरपर प्ररहीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गयो

कर्णालीका नौ जिल्लामा मोर्डना खोप लगाइँदै

सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गयो

पशुपन्छी विकास निर्देशनालय को आयोजनामा १ दिने

Leave a comment

Your email address will not be published. Required fields are marked *