सिम्तामा २ दिने भाषिक गोष्ठि सम्पन्न,सिम्तालि नेपाली पाठ्यक्रम तयारी हुदै

दुर्गा विसि र पौष,०४ : सिम्ताली एकता समाजले सिम्ता गाउँपालिका सुर्खेतको सहयोगमा गाउँपालिकामा आयोजना गरेको भाषिका सिद्धान्त, नेपाली भाषाका भाषिक भेदहरू र सिम्ताली९ नेपाली शब्दकोश निर्माणू सङ्गोष्ठी सम्पन्न भएको छ । यहि पौष २ र ३ गते सिम्ता गाउँपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरिएको थियोे ।
सङ्गोष्ठीमा बोल्दै प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले भाषिकाबारे महत्त्वपूर्ण छलफल हुनु र सिम्ताली ९ नेपाली शब्दकोश छिटै प्रकाशित हुने वातावरण बन्नु हर्षको कुरा वताए । विशिष्ट अतिथि सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले भाषा ९ साहित्य र संस्कृतिको विकासका निम्ति हरेक वर्ष गाउँ पालिकाले बजेट छुट्याउने गरेको जानकारी गराउँदै सिम्ताली नेपाली पाठ्य क्रमका साथै सिम्ताली ९ नेपाली सब्दकोश, यस भाषिकाको व्याकरण र सिम्ताली लोकगीत सम्बन्धी पुस्तक गाउँ पालिकाले प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सङ्गोष्ठीमा प्रा.डा. गिरीले सिम्ताली ९ नेपाली शब्दकोश निर्माणू, डा.हर्कबहादुर शाहीले नेपाली भाषाका भाषिक भेदहरूू र रमेश खत्रीले भाषिका सिद्धान्तू विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रहरूमाथि क्रमशस् डा.दीपक गौतम, बलभद्र भारती र रेशम विष्टले टिप्पणी गरे । शब्दकोशमा सुझाबका निम्ति गठित विभिन्न समूहका तर्फबाट रुद्र के.सी., भूपाल सिंह ठकुरी र मानबहादुर शाहीले केही सुझाब दिँदै आफूहरूले पछि पनि यसको शब्दसङ्ख्या बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेकपा९एमाले०का प्रदेश कमिटी सदस्य ऐनबहादुर चन्द, गाउपालिका पार्टी कमिटी अध्यक्ष डम्बर घर्ती, नेपालि कांग्रेसका सभापति वीरेन्द्र रावत र नेकपा( एकीकृत माओवादी) का अध्यक्ष झुपबहादुर बुढाले शुभकामना मन्तव्य दिए ।
कार्यक्रमको सभापतित्व सिम्तालि एकता समाजका अध्यक्ष लळित सिंह ठकुरी, सञ्चालन थुमान अधिकारी र विनोद हमालले स्वागत गरेका थिए ।सोहि कार्यक्रममा पृथ्वीबहादुर सिंह, निरञ्जना चन्द, कोकिला सिंह, विष्णु महतारा, सीता यरी, श्री वि.क. लगायतका स्रष्टाहरूले कविता गजल वाचन गरेका थिए । सिम्ताको कला क्षेत्र,भेषभुषा,संस्कार,संस्कृति र भाषालाई संरक्षणका लागि उक्त गोष्ठि आयोजना गरिएको थियोे ।भाषिक विज्ञ







