भाषिका सिद्धान्त, नेपाली भाषाका भाषिक भेदहरू र सिम्ताली नेपाली शब्दकोश निर्माण सङ्गोष्ठी

सिम्ताली एकता समाज नेपालको आयोजना र सिम्ता गाउँपालिकाको सहयोगमा सोही पालिकाको सभाकक्षमा आयोजना गरेको भाषिका सिद्धान्त, नेपाली भाषाका भाषिक भेदहरू र सिम्ताली( नेपाली शब्दकोश निर्माण सङ्गोष्ठी २०७८ पुस २ र ३ गते सम्पन्न भयो । सङ्गोष्ठीमा बोल्दै प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले भाषिकाबारे महत्त्वपूर्ण छलफल हुनु र सिम्ताली ( नेपाली शब्दकोश छिटै प्रकाशित हुने वातावरण बन्नु हर्षको कुरा हो भन्नुभयो ।
विशिष्ट अतिथि सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र के.सी.ले भाषा ( साहित्य र संस्कृतिको विकासका निम्ति हरेक वर्ष गाउँ पालिकाले बजेट छुट्याउने गरेको जानकारी गराउँदै सिम्ताली नेपाली पाठ्य क्रमका साृथै सिम्ताली ( नेपाली सब्दकोश, यस भाषिकाको व्याकरण र सिम्ताली लोकगीत सम्बन्धी पुस्तक गाउँ पालिकाले प्रकाशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सङ्गोष्ठीमा प्रा.डा.जीवेन्द्र देव गिरीले सिम्ताली( नेपाली शब्दकोश निर्माणू, डा.हर्कबहादुर शाहीले नेपाली भाषाका भाषिक भेदहरूू र रमेश खत्रीले भाषिका सिद्धान्तू विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने उक्त कार्यपत्रहरूमाथि क्रमशस् डा.दीपक गौतम, बलभद्र भारती र रेशम विष्टले टिप्पणी गर्नु भएको थियो ।
शब्दकोशमा सुझाबका निम्ति गठित विभिन्न समूहका तर्फबाट रुद्र के।सी।, भूपाल सिंह ठकुरी र मानबहादुर शाहीले केही सुझाब दिँदै आफूहरूले पछि पनि यसको शब्दसङ्ख्या बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । नेकपा(एमाले)का प्रदेश कमिटी सदस्य ऐनबहादुर चन्द, गा.पा. पार्टी कमिटी अध्यक्ष डम्बर घर्ती, नेकाँका सभापति वीरेन्द्र रावत र नेकपा (एकीकृत माओवादी) का अध्यक्ष झुपबहादुर बुढाले शुभकामना मन्तव्य दिनु भएको उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष लळित सिंह ठकुरीले गर्नु भएको थियो ।
थुमान अधिकारीद्वारा सञ्चालित र विनोद हमालद्वारा स्वागत भाषण र शिक्षक सङ्गठनका अध्यक्षद्वारा धन्यवाद ज्ञापन गरिएको सो कार्यक्रममा पृथ्वीबहादुर सिंह, निरञ्जना चन्द, कोकिला सिंह, विष्णु महतारा, सीता यरी, श्री विक लगायतका स्रष्टाहरूले कविता गजल वाचन गर्नु भएको थियो ।










