महेश बस्नेतको दाबी : माधव नेपाललाई २० प्रतिशत पुर्‍याउन मुस्किल पर्छ

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाललाई पार्टी दर्ताको लागि २० प्रतिशत पुर्‍याउन मुस्किल पर्ने बताएका छन्।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै भने, ‘माधव नेपालले नाम दिएका केन्द्रीय सदस्य र सांसदहरुले आफ्नो नाम फिर्ता लिन थालिसके। केही दिनमा शेरबहादुर र पुष्पकमल दाहाल प्रचण्डको षडयन्त्रअनुसार अब माधव नेपाललाई २० प्रतिशत पुर्‍याउन पनि चुनौति छ।’

नेपाललाई २० प्रतिशत केन्द्रीय सदस्य र सांसद नपुग्ने भएकालाई नेपालका मान्छे घटाउनतर्फ लाग्न आग्रह गरे। देउवा र प्रचण्डको षडयन्त्रले नै एमाले विभाजन भएको उनले आरोप लगाए।

उनले भने, ‘एमालेबाट केही टुक्रिएर गए। तर, सूर्यरूपी एमालेलाई केही असर गरेको छैन। भक्तपुरमा विभाजनले केही असर गरेको छैन।’ पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले अझै कार्यान्वयनको बाटोमा नलगे त्यसविरुद्ध उत्रिने चेतावनी पनि दिए।

महेश बस्नेतको दाबी : माधव नेपाललाई २० प्रतिशत पुर्‍याउन मुस्किल पर्छ

रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक

महेश बस्नेतको दाबी : माधव नेपाललाई २० प्रतिशत पुर्‍याउन मुस्किल पर्छ

विद्युत नियमित गर्न ध्यानाकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *