तालिबानबारे स्वराले दिइन् यस्तो बयान, गिरफ्तारीको माग

एजेन्सी । आफ्नो बयानका कारण धेरैजसो चर्चामा आइरहने बलिउड नायिका स्वरा भास्करले एकपटक पुनः विवादित बयान दिएकी छिन् ।
उनले हिन्दुत्वको तुलना तालिबानसँग गरेकी छिन् जसका कारण सोसल मिडियामा #ArrestSwaraBhasker ट्रेन्ड गरिरहेको छ र स्वरा भास्करको गिरफ्तारीको माग उठिरहेको छ ।
स्वरा भास्करले अफगानिस्तानको परिस्थितिको विषयमा सोसल मिडियामा एउटा पोस्ट लेखेकी छिन् । स्वराले अफगानिस्तानको वर्तमान परिस्थितिको तुलना भारतसँग गरेकी छिन् ।
यस्तोमा केही मानिसहरु उनको सोसल मिडिया अकाउन्ट सस्पेन्ड गर्नुपर्ने माग गरिरहेका छन्, कतिले उनलाई प्रतिबन्ध गर्नुपर्ने पनि बताइरहेका छन् ।
स्वराले के लेखिन् ?
स्वरा भास्करले लेखेकी छिन्, ‘हामी हिन्दुत्व आतंकलाई सहन सक्दैनौं र तालिबान आतंकका कारण सबै हैरान छौं । हामी तालिबान आतंकका कारण शान्तिसँग बस्न सक्दैनौं र त्यसपछि हिन्दुत्वको आतंकमा रिसाउने गर्छौं । हाम्रो मानवीय र नैतिक मूल्य उत्पीडितको पहिचानमाथि कुनै पनि रुपमा आधारित हुनु हुँदैन ।’
स्वरामाथि भड्किए सोसल मिडिया प्रयोगकर्ताः
स्वराको पोस्ट पढेर सोसल मिडिया प्रयोगकर्ता भड्किएका छन् र उनीमाथि बेस्सरी रिस पोखिरहेका छन् । एक प्रयोगकर्ताले हिन्दुत्वको बेइज्जती गरेका कारण स्वराको गिरफ्तारीको माग गरेका छन् । उनले हिन्दुहरुले कहिल्यै कुनै आतंकवादी गतिवधि नगरेको बताएकी छिन् ।
एक अन्य प्रयोगकर्ताले लेखे, ‘#ArrestSwaraBhasker अरे दिदी, यदि यस्तै समस्या छ भने त्यहाँ जानुहोस् जहाँ न त हिन्दु छन्, न हिन्दुत्व । यहाँ हिन्दुस्तानमा किन बसिरहनुभएको छ…. उदाहरणका लागि पाकिस्तान, बंगलादेश, टर्की, कुवैत, इरामका शान्तिप्रिय मानिसहरुसँग आनन्द लिनुहोस् । ’
यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘स्वरा भास्कर तपाईं कुन नतिजा बिना मेरो धर्मविरुद्ध खुल्ला रुपमा लेखिरहनुभएको छ । हिन्दुत्व आतंक होइन । यदि यो आतंक भएको भए तपाईंले एकैछिनमा आफूविरुद्ध ‘टाउको शरीरबाट छुट्टीएको’ पोस्टर देख्नुहुन्थ्यो ।’






