‘बाटुली’मा छुची सासु बनिन् मौसमी

काठमाडौं । फिल्म अभिनेत्री मौसमी मल्ल अभिनित सिरियलमा ‘बाटुली’ प्रसारणमा आएको छ ।

सिरियल न्युज नेपाल एचडी टेलिभिजनबाट मंगलबारदेखि प्रसारण सुरु भएको हो । पारिवारिक बिषयमा निर्माण भएको सिरियलमा मौसमी छुची सासुको रुपमा देखिएकी छन् ।

सञ्चारकर्मी गोपीकृष्ण चापागाईँ र नवराज अधिकारीको निर्देशन रहेको ‘बाटुली’ झण्डै २५ बर्ष पुरानो कथामा निर्माण गरिएको हो । मोबाइल युगभन्दा अघि नेपाली गाउँ समाजमा सासु र बुहारीबीच हुने विभेदलाई सिरियलमा देख्न सकिने निर्देशक चापागाईँले बताए ।

‘पछिल्लो समय नेपालमा धेरै सिरियल निर्माण भइरहेको छ । ती मध्य प्रायः सिरियल अहिलेको कथामा छन्’ निर्देशक चापागाईँले भने, ‘हामीले भने पुरानो कथालाई उठान गरेका छौं ।’ सिरियलको कथा समेत चापागाईँले नै लेखेका हुन् ।

नवलपुरको देवचुली नगरपालिका वडा नं. ४ र ५ को झाँक्रे गाउँमा छायाँकन गरिएको सिरियल ‘बाटुली’ मा अभिनेत्री मल्ल सासुको भूमिकामा छिन् भने कलाकार सिपी पौडेललाई ससुराको भूमिकामा देख्न सकिनेछ ।

यस्तै कलाकार संगम भुसालले बुहारीको भूमिका निर्वाह गरेकी छन् । खगराज सापकोटा, नारायण प्रभु, नवराज अधिकारी, राशि रिजाल, समिक्षा लामिछाने, बाल कलाकार खुसी अर्याल लगायतको अभिनय सिरियलमा देख्न सकिनेछ ।

अनिल लामिछानेको छायाँकन, वीरेन्द्र भाट विपिनको सम्पादन सिरियलमा रहेको छ ।

‘बाटुली’मा छुची सासु बनिन् मौसमी

जिया खानको अन्तिम संस्कारमा लगाएको कपडा लिलाम

‘बाटुली’मा छुची सासु बनिन् मौसमी

तालिबानबारे स्वराले दिइन् यस्तो बयान, गिरफ्तारीको माग

Leave a comment

Your email address will not be published. Required fields are marked *