कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाण्डौ : कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य खुल्लातर्फको मत गणना सुरु भएको छ ।

खुल्लातर्फ ३५ जनाको मतगणना आज बिहान साढे १० बजेदेखि सुरु भएको पार्टीको निर्वाचन समितिले जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ । खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी रजनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने व्यवस्था छ ।

यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु

दलित समुदायको स्रोतमा पहुँच वृद्धि गर्दै बहुपक्षिय

कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु

सागरले सोधे उषालाई के छ खबररु

Leave a comment

Your email address will not be published. Required fields are marked *