‘माधव नेपालले एकता चाहेनन्, विश्वासको मत दिने एमालेमा रहँदैनन्’

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसदहरू एमालेमा नरहने निर्णय गरेको छ।

आजै बसको स्थायी कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने बारेमा छलफल भयो। हामी प्रतिपक्षमा रहन्छौं, सरकारलाई समर्थन गर्दैनौँ, विश्वासको मतको विपक्षमा मतदान गछौँ।’

माधव नेपाललाई भेट गरेर एकताको पक्षमा उभिन आग्रह गर्दा नमानेको उनले बताए। उनले भने, ‘उहाँसँग भेट गरेका थियौँ। पार्टी एकताको रक्षाको लागि प्रयास छ। तर, उहाँले विश्वासको मत दिने पक्षमा कुरा गर्नुभयो। अल्पमतको पार्टी कमिटीको निर्णयलाई मानेर अघि जाने नसक्ने बताउनुभयो।’

जस्तोसुकै परिस्थितिमा आए पनि देउवालाई विश्वासको मत दिने एमालेमा नरहने उनले बताए। ‘पार्टीलाई एकताबद्ध बनाएर अघि जाने पक्षमा उहाँलाई देखेनौँ। जस्तोसुकै परिस्थितीमा देउवाको पक्षमा मतदान गर्ने एमाले रहँदैनन्’ प्रवक्ता ज्ञवालीको भनाइ छ ।

‘माधव नेपालले एकता चाहेनन्, विश्वासको मत दिने एमालेमा रहँदैनन्’

देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

‘माधव नेपालले एकता चाहेनन्, विश्वासको मत दिने एमालेमा रहँदैनन्’

म जीवन बचाउने सन्देश कुरिरहेछुु

Leave a comment

Your email address will not be published. Required fields are marked *