लाखौं रकम तथा सुन ठगी गरी फरार कालीकोटको सान्नी त्रिवेणीका युवक पक्राउ

सल्यान : रकम तथा सुन ठगी गर्दै हिँडने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का २६ वर्षीय निरमकुमार शाहीलाई महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वय र सहयोगमा काठमाडौंबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कसैलाई काँचो सुनको व्यापारी, कसैलाई जग्गा व्यापारी तथा कसैलाई आफू ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका तथा विभिन्न साइनो सम्बन्ध बनाई रुपैयाँ तथा सुन ठगी गरी फरार शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

सल्यानमा शाहीविरुद्ध ठगी गरेको मुद्दा परेपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको उनको भनाइ छ। सल्यानबाट विभिन्न व्यक्तिबाट नौ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको पौडेलले बताए। शाहीलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी थप अनुसन्धान गरि रहेको सूचना अधिकारी पौडेलले बताए।

लाखौं रकम तथा सुन ठगी गरी फरार कालीकोटको सान्नी त्रिवेणीका युवक पक्राउ

ला लिगा : भिल्लारियल र ग्रानाडा बराबरीमा

जनशक्ति अभावमा थलिँदै जुम्लाको कृषि अनुसन्धान केन्द्र

Leave a comment

Your email address will not be published. Required fields are marked *