ला लिगा : भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिए

एजेन्सी : स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिएका छन्। भिल्लारियलको घरेलु मैदान एल मड्रिगलमा भएको खेलमा भिल्लारियल र ग्रानाडाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको ८२ औं मिनेटमा भिल्लाका जेवन फेयथले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो। गएराति नै भएको ला लिगाको अर्को खेलमा एल्चे र एथ्लेटिक बिल्बाओ पनि गोलरहित बराबरीमा रोकिए।

यी दुई खेलसँगै ला लिगाको पहिलो चरणको खेल सकिएको छ। पहिलो चरण सकिँदा समान एक–एक अंक बनाएका ग्रानाडा र भिल्लारियल १३औं र १५औं स्थानमा छन्।

यस्तै अंक बाँडेका एथ्लेटिको र एल्चे १०औं र ११ औं स्थानमा छन्। रियल मड्रिड तीन अंकका साथ शीर्षस्थानमा छ भने सेभिया दोस्रो स्थानमा रहँदा बार्सिलोना तेस्रो स्थानमा छ।

ला लिगा : भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिए

इंग्ल्याण्डविरुद्ध भारतको जीत

ला लिगा : भिल्लारियल र ग्रानाडा बराबरीमा रोकिए

लाखौं रकम तथा सुन ठगी गरी फरार

Leave a comment

Your email address will not be published. Required fields are marked *