इंग्ल्याण्डविरुद्ध भारतको जीत

काठमाडौं : भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित गरेको छ।​ लर्ड्समा सोमबार राति भारतले इंग्ल्यान्डलाई १ सय ५१ रनले पराजित गरेको हो।

जितसँगै भारतले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ। वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो। भारतले ८ विकेट गुमाएर २ सय ९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डले अलआउट हुँदै १ सय २० रन मात्र बनाउन सक्यो। भारतका मोहमद सिराजले ४ विकेट लिए ।

जस्प्रित बुम्राहले ३ तथा इशान्त शर्माले २ विकेट लिए। त्यस अघि दोस्रो इनिङ्समा भारतका अजिन्क्य रहानेले ६१ रनको अर्धशतकीय इनिङ्स खेल्दा मोहमद शामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले।​

इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । मोइन अली र ओली रोबिन्सनले २–२ विकेट लिए।

इंग्ल्याण्डविरुद्ध भारतको जीत

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

इंग्ल्याण्डविरुद्ध भारतको जीत

ला लिगा : भिल्लारियल र ग्रानाडा बराबरीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *