जनशक्ति अभावमा थलिँदै जुम्लाको कृषि अनुसन्धान केन्द्र

जुम्ला : जुम्लाको विजयनगरमा रहेको कृषि अनुसन्धान केन्द्र अभावले थलिँदै गएको छ। कार्यालयमा जनशक्ति र जग्गा अभाव रहेको छ।

प्राविधिक अधिकृत हरिनारायण मण्डलका अनुसार केन्द्रमा कर्मचारी र जग्गा अभाव छ। बाली अनुसन्धानका लागि २५ हेक्टरभन्दा बढी जमिन चाहिए पनि अभाव छ। जसका कारण अनुसन्धानमा प्रभाव परेको उनको भनाइ छ।

केन्द्रले २०२७ सालदेखि वर्षे तथा हिउँदे बालीहरुको उत्पादन तथा अनुसन्धान गरिरहेको छ। मण्डलका अनुसार केन्द्रमा बर्खे बालीहरु चिनो, कागुन्नो, फापर, मकै, कोदो, मार्सी धान, गहत र सिमीको अनुसन्धान भइरहेको छ। यस्तै, हिउँदे बाली जौ‚ गहुँ, मसुरो, चौलीको अनुसन्धान हुने गरेको छ।

सूचीकृत छैन मार्सी धान

उच्च भेगमा फल्ने काली मार्सी धान अहिलेसम्म सूचीकृत छैन। यो धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइमा जुम्लामा खेती गरिँदै आइएको छ।

जुम्ली काली मार्सी धानको ‘प्याटेन्ट राइट’ दर्ताका लागि केन्द्रले सिफारिस गरेको छ। प्राविधिक अधिकृत मण्डलका अनुसार चन्दननाथ १ ३ र लेकाली १ र ३ हजार ४८, १ के ३, ७, ९ र जुम्ली मार्सी सिफारिस गरिँदैछ । त्यस्तै‚ केबी एल १, २, ३ सिमी पनि सिफारिस गरिएको छ।

काली मार्सी धान गुरु चन्दननाथ बाबाले विकास गरेको बताइन्छ। इतिहासकार राजाराम सुवेदीको पुस्तक ‘जुम्लाको मध्यकालीन इतिहास’मा चन्दननाथ बाबाले वि.सं. १४५० तिर जुम्ला राज्य खडा गर्दा तत्कालीन राजा बलिराज शाहीलाई यही कालीमार्सी धानको चामलले राजतिलक (टीका लगाएको) उल्लेख छ।

जनशक्ति अभावमा थलिँदै जुम्लाको कृषि अनुसन्धान केन्द्र

लाखौं रकम तथा सुन ठगी गरी फरार

जनशक्ति अभावमा थलिँदै जुम्लाको कृषि अनुसन्धान केन्द्र

तालिवानलाई शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *