२०८३ असार २ गते
×

Now Playing

माओवादीको प्रदेश अध्यक्षमा केसी


सुर्खेत :  नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा बिमला केसी चयन भएकी छन् । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन ।

बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । अन्य पदाधिकारी भने अझै टुंगो लागेको छैन । अर्को बैठकले टुंगो लगाउनेछ । अध्यक्षमा चयन भएकी केसी कर्णाली प्रदेश सरकारको पूर्वमन्त्री समेत हुन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी केसी माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गरेकी थिइन् ।

माओवादीको प्रदेश अध्यक्षमा केसी

पुस ५ सम्म प्राधिकरणको महसुल काउण्टर बन्द

माओवादीको प्रदेश अध्यक्षमा केसी

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको अग्रता

Leave a comment

Your email address will not be published. Required fields are marked *