पुस ५ सम्म प्राधिकरणको महसुल काउण्टर बन्द

काठमाडौं : नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ।

विद्युत् नियमन आयोगको निर्णयअनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुलअनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ। आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक रु ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ।

सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महसुल काउन्टर पुस ५ गतेसम्मका लागि बन्द गरिएको प्राधिकरणले जनाएको छ। नयाँ महसुल दरअनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउण्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ।

पुस ५ सम्म प्राधिकरणको महसुल काउण्टर बन्द

कार्टुन

पुस ५ सम्म प्राधिकरणको महसुल काउण्टर बन्द

माओवादीको प्रदेश अध्यक्षमा केसी

Leave a comment

Your email address will not be published. Required fields are marked *