महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको अग्रता बढ्दै


नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको अग्रता कायमै छ । सुरुदेखि नै थापाले अग्रता कायमै राखेका छन् ।
यस्तै, गगन थापालाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् । २१२० मत गन्दा गगन थापाले १३८५ मत ल्याएका छन्। भने, विश्वप्रकाश शर्माले ८५१ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रदीप पौडेल ६२१, प्रकाशशरण महत ६९८ मीनेन्द्र रिजाल ३६५ र राजाराम कार्की ५९ मत प्राप्त गरेको निर्वाचन समिति सचिव केशव रिजालले बताए।
कांग्रेस महाधिवेशनमा कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत खसेको थियो । ६४ जना प्रतिनिधि अनुपस्थित भएका थिए । महामन्त्रीको मतगणना अहिले जारी छ ।






