बनगाडमा विद्यालय कर्मचारीको अध्यक्षमा पुन


दुर्गा विसि : सल्यान पश्चिमको बनगाड कुपिण्डे नगरपालिकाको चौथो नगर अधिवेशन सम्पन्न भएको छ । विरवहादुर पुनको अध्यक्षतामा १३ सदस्यीय नगर कार्य समिति गठन गरिएको छ । ६५ विद्यालयका विद्यालयमा लेखाको काम गर्ने कर्मचारी र कार्यालय सहयोगीहरुको उपस्थिति रहेको थियोे ।

यहि पौष २ गते हुने जिल्ला अधिवेशनको लागि पदाधिकारी पनि चयन गरिएको छ ।उपाध्यक्ष विना रानाको सभा अध्यक्षतामा भएको नगर अधिवेशनमा प्रमुख अतिथि चक्रबहादुर रावत,नेपाल प्रगतिशील शिक्षक संगठनका कर्णाली प्रदेश उपाध्यक्ष शिखर कुमार यरि,अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष गणेशबहादुर चन्द,शिक्षक संघका नगर अध्यक्ष सुरेन्द्र खड्का र शिक्षक नेता पुष्कर विसिले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम वोल्दै प्रमुख प्रशासकिय अधिकृत चक्रबहादुर रावतले विद्यालय कर्मचारीको तलव राज्यको निति अनुरुप वृद्धि हुने जनाए । वढेको तलव केही प्राविधिक कारण निकासा हुन ढिलाइ भएकोले छिट्टै उक्त वृद्धि तलव निकासा हुने रावतको भनाइ रहेको थियोे । अधिवेशनले उपाध्यक्षमा खुमा कुवर,शेरवहादुर घर्ती,सचिवमा मोहन विसि,स(सचिवमा अर्जुन पुन,कोषाध्यक्षमा विना राना र स कोषा अध्यक्षमा धने खत्री,सदस्यमा तारा राना,रामप्रकाश यादव सहति १३ जना चयन भएका छन् ।प्रभाकर मावि देवस्थलमा भएको चौथो अधिवेशनको सञ्चालन सचिव प्रसान्त साहुले गरेका थिए ।

बनगाडमा विद्यालय कर्मचारीको अध्यक्षमा पुन

सिमान्तीकरणको चपेटामा हिमाली आदिवासी

Leave a comment

Your email address will not be published. Required fields are marked *