कम्बोडिया पठाइदिन्छु भनि ३९ लाख ठगी

काठमाडौं : आकर्षक तलब सुविधामा कम्बोडिया पठाइदिन्छु भन्दै ६ जनाबाट ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ गोकुले घर भई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ बस्ने २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तान छन्।

उनले पाँचखाल –८ चिसापानी बस्ने ३६ वर्षीय प्रेम बहादुर तामाङसमेत ६ जनालाई भिजिट भिषामा कम्बोडिया पठाउने भनेर प्रतिव्यक्ती साढे ६ लाख रुपैयाँका दरले ठगी गरेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

उनीहरुलाई कम्बोडिया पुगे पछी क्यासिनोमा बोस गार्डमा काम लगाइदिन्छु भनेर प्रलोभनमा पारेको खुलेको महाशाखाले जनाएको छ। रकम ठगेर भागेका तामाङलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन प्रहरीलाई पत्राचार गरेको थियो।

उनलाई नयाँबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ।

कम्बोडिया पठाइदिन्छु भनि ३९ लाख ठगी

नेप्से पाैने ६ अंकले बढ्यो, करिब १६

कम्बोडिया पठाइदिन्छु भनि ३९ लाख ठगी

संघीय संसद्को अधिवेशन आजैदेखि अन्त्य हुँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *