नेप्से पाैने ६ अंकले बढ्यो, करिब १६ अर्बको कारोबार

काठमाडौं: मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको नेप्से परिसूचकमा सोमबार सामान्य सुधार आएको छ।

आइतबार २४.५७ अंकले घटेको नेप्से आज पौने ६ अंकले बढेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ५.७५ अंकले बढेर तीन हजार एक सय ६०.०९ विन्दुमा उक्लिएको छ।

आइतबार कारोबार रकममा रेकर्ड कायम भएकोमा आज कारोबार रकम भने घटेको छ। आज कूल १५ अर्ब ९३ करोड आठ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेप्सेमा हालसम्मकै उच्च २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो।

सोमबार कूल २२७ वटा कम्पनीका दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर एक लाख ५९ हजार ९३ पटक खरिद–बिक्री भएका छन्। आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.५६ अंकले बढेर पाँच सय ९२.९३ विन्दुमा उक्लिएको छ।

आज पाँचवटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ। आइसीएफसी फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.२७ प्रतिशतका दरले गुमाएका छन्।

आज नेसनल हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै ७४ करोड ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा सनराइज फर्स्ट म्युच्युअल फण्ड अगाडि रह्यो।

उक्त फण्डको सबैभन्दा धेरै २२ लाख एक हजार ४४५ कित्ता र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा धेरै २३ हजार २०८ पटक किनबेच भएको छ। आज विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य र व्यापार उपसमूहबाहेक सबै उपसमूहका परिसूचक घटेको छ।

नेप्से पाैने ६ अंकले बढ्यो, करिब १६ अर्बको कारोबार

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको अनसनबारे भीम रावलले

नेप्से पाैने ६ अंकले बढ्यो, करिब १६ अर्बको कारोबार

कम्बोडिया पठाइदिन्छु भनि ३९ लाख ठगी

Leave a comment

Your email address will not be published. Required fields are marked *