भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको अनसनबारे भीम रावलले गरे सरकारको ध्यानाकर्षण

काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले भने, ‘विभिन्न मागसहित १० दिनदेखि उहाँहरु आमरण अनसनमा हुनुहुन्छ। उहाँहरुको स्वास्थ्य स्थिति बिग्रिएको छ। बेलायती सांसदहरुले समेत उहाँहरुको मागबारे सचेत गराइसकेको अवस्था छ। सरकारले उच्चस्तरिय वार्ता समिति बनाएर बेलायती सरकारसँग कुरा गर्न आवश्यक छ।’

सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनबारे के भइरहेको छ? भन्ने संसदलाई जानकारी गराउन माग गरिरहेका छन्। समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक भुपू गोर्खा सैनिकले आमरण अनशनमा छन्।

भोक हडतालमा भूपू सैनिक ज्ञानराज, पुष्पा घले र धनबहादुर गुरुङ बसेका छन्। बेलायतका विभिन्न नेपाली संस्था र बेलायती नागरिकले समेत आफ्ना कार्यक्रमको पक्षमा ऐक्यबद्धता जनाएका छन्।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको अनसनबारे भीम रावलले गरे सरकारको ध्यानाकर्षण

वडा सिलिङमै अल्झियो बनगाड कुपिण्डेको नगर सभा

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको अनसनबारे भीम रावलले गरे सरकारको ध्यानाकर्षण

नेप्से पाैने ६ अंकले बढ्यो, करिब १६

Leave a comment

Your email address will not be published. Required fields are marked *