वडा सिलिङमै अल्झियो बनगाड कुपिण्डेको नगर सभा

दुर्गा विसि

सल्यान । सल्यानको जिल्लाको १० स्थानीय तह मध्य हाल सम्म नगर सभा नगर्नेमा बनगाड कुपिण्डे नगरपालिका रहेको छ । आषाढ १० मै ल्याउनु पर्ने वजेट हालसम्म अतोपत्तो छैन ।नगरमा जनप्रतिनिधि र कर्मचारी समेत १ महिना देखि कार्यालय जान छाडेका छन् ।

नगर सभा नहुदा कामकाज केही नभए पछि अधिकास कर्मचारि नहुदा कार्यालय सुन सान छ भने प्रमुख प्रशासकिय अधिकृत मनोज रेग्मी समेत १ महिना देखि काठमाडौमै छन् । विचमा नगर सभा हुने र कार्यापालिका बैंकका लागि दुई दिन कार्यलयमा उपस्थित देखिएका कार्यालय प्रमुख समेत कामविहिन भए पछि निम्ति योजना शाखा प्रमुख धर्मराज ढकाललाई जिम्मेवारी छोड्दै काठमाडौ हुइकिए ।

नगर सभाको लागि यश अघि पुरानो भुक्तानि र करार कर्मचारीको सम्झौता गर्ने कुरामा हाकिमलाई दोष थुपार्ने काम भएको थियोे । यी दुई कुरा नभए नगर सभा नगर्ने अडानमा रहेका जनप्रतिनिधिहरु भने अर्को कुरामा अड्किए ।पुरानो भुक्तानी र करार कर्मचारीको करार सम्झौता हुने पछि पुनस् वडा सिलिङमा लफडा सुरु भएको छ।

वडा अध्यक्ष तथा वहुमत कार्यापालिका सदस्यहरुले ८० लाख वरावरको वजेट वडा सिलिङमा समेटिनुपर्ने माग राखेका वुझिन आएको छ ।नगरमा आव ०७८र०७९ को लागि विकास निर्माणकार्य खर्च तर्फ करिव सवा ११ करोड वजेट रहेको छ ।

नगर प्रमुख गोविन्द कुमार पुनले भने २० देखि ३० लाख सम्म वडाको वजेट सिलिङ दिने तयारी भएको जनाए । अन्य वडा अध्यक्ष तथा कार्यापालिका सदस्यीयहरुले डल्लो वजेट विनियोजन गरि अधिकतम धेरै वजेट समानुपातिक रुपमा भौगोलिक अवस्थाको आधार वडा वडामा वजेट विनियोजनका लागि जोडदार माग राखेका छन् । यसो नगरिए अन्यथा नगर सभा नहुने समेत चेतावनी दिएको छ ।

बैठकहरुमै घनिभुत छलफलविना नै बैठक टुंगिन्छ । पहिले सबै दोष प्रमुख कार्याकारिलाइ थुपारेका नगरका जनप्रतिनिधिहरु भने समस्या समाधानको विधि नखोजि नगर सभालाई बन्धक वनाएका छन् । नगरमा रहेको डल्लो वजेट हरेक वर्ष कामै नभएइ फिर्ता जाने गरेको छ ।

यस वर्ष पनि नगरको विकास वजेट तर्फबाट करिव ६ करोड रुपैयाँ वढि फिर्ज भएको छ भने वडामा दिएको वजेट सिलिङ अनुसारका योजनाहरु सतप्रतिशत कार्यनयन भएको जनाएको छ । हालसम्म नगर सभा वसाउने कुरामा जनप्रतिनिधिहरु गम्भीर नभएको आरोप स्थानीयको रहेको छ ।

कामकाज अघि वढ्नुपर्ने समयमा सुनसान सुनसान छ बनगाड कुपिण्डे नगरपालिका ।नगर सभा वस्ने र पजेट पारित हुने कुरामा अझै अतोपतो छैन ।सभा नहुदा चौतर्फी आलोचना वढिरहेको छ ।

वडा सिलिङमै अल्झियो बनगाड कुपिण्डेको नगर सभा

काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

वडा सिलिङमै अल्झियो बनगाड कुपिण्डेको नगर सभा

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको अनसनबारे भीम रावलले

Leave a comment

Your email address will not be published. Required fields are marked *