संघीय संसद्को अधिवेशन आजैदेखि अन्त्य हुँदै

काठमाडौं : संघीय संसदको चालू अधिवेशन आजै सोमबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुबै सदनको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना भएको एक महिना पुगे पनि यो अवधि खासै उपलब्धिमूलक बन्न सकेन । केही अध्यादेश र विधेयकहरु संसदमा अलपत्र भए पनि यो अधिवेशनमा छलफल हुन पाएन।

सरकारले पर्याप्त बिजनेश दिन नसक्दा संसद बैठकहरू शून्य र विशेष समयमा सांसदका भाषण, संसदीय समितिका प्रतिवेदन, शोक प्रस्तावमै सिमित बन्यो।

केपी ओली नेतृत्वको सरकारले जस्तै यो सरकारले पनि संसद अधिवेशन रोकेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।

संघीय संसद्को अधिवेशन आजैदेखि अन्त्य हुँदै

कम्बोडिया पठाइदिन्छु भनि ३९ लाख ठगी

संघीय संसद्को अधिवेशन आजैदेखि अन्त्य हुँदै

पानीमा भिजेर रश्मिले गरिन् बोल्ड फोटो सुट

Leave a comment

Your email address will not be published. Required fields are marked *