२०८३ जेष्ठ ३० गते
×

Now Playing

अश्वेत नागरिककाे हत्या आरोपमा प्रहरी अधिकृत पक्राउ

एजेन्सी । अमेरिकाको मिनसोटामा एक अश्वेत मोटर चालकलाई गोली हानी हत्या गरेको आरोपमा एक श्वेत प्रहरी अधिकृतलाई पक्राउ गरिएको छ ।

उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले जनाएका छन् । पक्राउ परेकी प्रहरी अधिकृत किम पोटरलाई हाल अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

पोटरले २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस आफूले गोली चलाएको बयान दिएकी छन् । उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन् । नियतवस गोली प्रहार गरी हत्या गर्ने आफ्नो मनसाय नभएको तर त्यो एक दुर्घटना भएको उनले भनेकी छन् ।

राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या ‘सुनियोजित र शक्तिको गैरन्यायिक प्रयोग’ भएको दाबी गरेका छन्। पोटर र प्रहरी प्रमुख टिम गानन‌ले ब्रुकलिन सेन्टर फौज छाडेका छन् । उक्त हत्याले प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप भएको थियो। उक्त घटना मिनियापलिस क्षेत्र पहिले नै तनावमा रहेका बेला भएको थियो ।

अश्वेत नागरिककाे हत्या आरोपमा प्रहरी अधिकृत पक्राउ

जितपुरसिमरा गोल्डकप : ४–१ अन्तरले आर्मीसँग वीरगञ्ज

अश्वेत नागरिककाे हत्या आरोपमा प्रहरी अधिकृत पक्राउ

भारतमा २४ घण्टाभित्र २ लाखभन्दा धेरै संक्रमित

Leave a comment

Your email address will not be published. Required fields are marked *